विराटनगर ८ बलुवाहीमा मलामी विश्रामालय निर्माण हुने

विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गरिने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा […]

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रजातन्त्र सशक्त आधार : मुख्यमन्त्री कार्की

विराटनगर ७ फागुन । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको  छ । उहाँले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका […]

एभरेष्ट एजुकेशन एक्जिबिसन : विद्यार्थीद्धारा ‘इनोभेसन, क्रिटिकल थिंकिङ’ प्रस्तुत

विराटनगर ६ फागुन । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले सोमबार र मंगलबार विद्यार्थीले विभिन्न परियोजनाहरु प्रस्तुत गरे । उनीहरुले विज्ञान र प्रविधि सम्वन्धी गरेका आविश्कारहरुहरु विस्तृतमा प्रस्तुति पनि दिए । वैज्ञानिक डा. बिष्णु रायमाझी, विद्यालयका प्रिन्सीपल टिकाराम पुरी, अध्यक्ष विनोद ढकाल विद्यार्थीका हरेक स्टलमा पुगे । उनीहरुले राखेका हरेक जिज्ञाशाहरुको जवाफ विद्यार्थीहरुले दिए । […]

कोशी प्रदेशमा एचपीभी खोप : स्थानीय तह र जिल्लाले लिएको लक्ष्य पुरा

विराटनगर ६ फागुन । कोशी प्रदेशका ८७ प्रतिशत छात्रा तथा किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोप लगाईएको छ । गत फागुन २२ देखि आज सम्ममा १४ वटै जिल्लाका २ लाख ३१ हजार २२८ छात्रा तथा किशोरीहरुलाई (एचपीभी) खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको कभरेज ८७ […]

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर ६ फागुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय […]