लगानी सम्मेलनले लगानी वातावरण निर्माण हुने : मुख्यमन्त्री कार्की

विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले केही दिन पछि नै आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानी हुने वातावरण सिर्जना हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो […]

विषादी सेवन गरेका पुरुषको मृत्युपछि विराटनगरको नोबेल अस्पतालमा तोडफोड

विराटनगर, १२ वैशाख । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ । विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघ कोशीको चेतावनी

विराटनगर ११ वैशाख । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिनुभयो । डा. शाहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, तथा अन्य […]

लोकतन्त्रको सबलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण

विराटनगर १० वैशाख । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजनामा र गैरसरकारी संस्था महासंघको समन्वयमा बुधवार बिराटनगरमा सम्पादकसगं सम्वाद कार्यक्रम सम्पन्न भएको छ । महासघं कोशी प्रदेशले १९ औ लोकतान्त्रिक दिवसको अवसरमा सम्पादकहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गैरसरकारी सस्था महासघ […]

विराट फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

विराटनगर १० वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप–२०८२ हुने भएको छ । मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो । ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ […]