कांग्रेस दलका उपनेता हिमाल कार्कीद्धारा राजीनामा

विराटनगर २५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ । उहाँले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनुभएको हो । उहाँले उपनेताको जिम्मेवारी आजको दिनबाट निभाउन नसक्ने भन्दै उप नेताबाट राजीनामा दिनुभएको हो । हाँले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताउनुभएको छ ।

जनार्दन मैनाली पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर २५ असोज । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आईरहेको पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार ५ सय रुपैयाँ रहेको छ । पत्रकार अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्नु भएको थियो । […]

राजनीतिक अस्थिरताको बिजारोपण कांग्रेसले गरेको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर २५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य राजनीतिक अस्थिरताको बिजारोपण नेपाली कांग्रेसले गरेको आरोप लगाउनु भएको छ । आज विराटनगरमा जर्नादन मैनाली स्मृती पत्रकारीता पुरस्कार समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको बताउनु भएको हो । कार्कीले कोशी प्रदेश सरकारको […]

गुरुकुलमा बालबालिकाका लागि नाट्य कार्यशाला हुने

विराटनगर २५ असोज । आरोहण गुरुकुल विराटनगरमा बालबालिका लक्षित नाट्य कार्यशाला सञ्चालन गरिने भएको छ । गुरुकुल कै आयोजनामा आगामी कार्तिक १० देखि २४ गतेसम्म अभिनय, नाट्य लेखन तथा प्रदर्शन लगायतबारे तालिम प्रदान गरिने भएको हो । ७ देखि १५ वर्ष उमेर समूहका २५ जनालाई सहभागी गराएर कार्यशाला सञ्चालन गर्न लागिएको गुरुकुल विराटनगरका अध्यक्ष भैरव […]

विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै […]