विराटनगर २६ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो ।
विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुईटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो ।
गुरुकुलका प्रदिप दाहालले सहजिकरण गरि तयार भएको उक्त नाटकमा लेखकद्वयसँगै आयुष चन्द्र रेग्मी, सम्पदा निरौला, सिवानी रजक, रोनक यादव, विश्वदिप राई लगायतले अभिनय गरेको थिए । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शनिबारदेखि शुरु भएको महोत्सवमा बिहिबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गर्नेछ ।
भदौ ३१ गतेसम्मबालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् । शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुललेसाबित्रीको बाख्रो मञ्चन गर्नेछ ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।