लोकतन्त्र बलियो भए मात्रै श्रम आन्दोलन बलियो हुन्छ : जिफन्ट अध्यक्ष श्रेष्ठ

विराटनगर २५ कात्तिक । लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी […]

जेनजीको सहभागिता हुनेगरि पार्टीको विधान संशोधन गरौं : भीम पराजुली

विराटनगर २५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको विधान संशोधनको माग गर्नु भएको छ । पार्टीमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक उहाँले विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गर्नुपर्ने बताउनुभयो । पार्टीको नियमित महाधिवेश गर्ने कि विशेष महाधिवेशन […]

एमाले विराटनगर महानगरले आज मोटरसाईकल र्याली निकाल्दै

विराटनगर २५ कात्तिक । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । विहान ११ वजे पार्टी कार्यालय पाञ्चालीबाट मोटसाईकल र्याली शुरु हुने महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । जेनजी आन्दोलनका माग संवोधन गर्नका लागि संविधान संशोधनबाट मात्रै संभव हुने भएकाले संसद पुर्नस्थापना गर्नु पर्ने माग राखेर मोटरसाईकल र्यालीको […]

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै, कोशी प्रदेशमा सार्वजनिक विदा

विराटनगर २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य […]

स्वास्थ्य क्षेत्रमा विराटनगर महानगरको उल्लेख्य सुधार, १७ पालिकामध्ये तेस्रो हुन सफल

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफलभएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगर १६ औं स्थानबाट पाँचौं भएको थियो । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल […]