विराटनगर २८ कात्तिक । प्रोटन इमासको नयाँ शोरुम विराटनगरमा आज देखि सञ्चालनमा आएको छ । सातौं शाखाका रुपमा कोशी प्रदेशमा पहिलो पटक प्रोटन इमासको शोरुम सञ्चालनमा आएको हो । जगदम्बा मोटर्सका विजनेस हेड आकाश थापाले कोशी प्रदेशमा पहिलो पटक नयाँ शोरुम शुरु गरिएको बताउनुभयो । यो वर्षको अन्त्य सम्ममा देशभर १२ वटा शोरुम पुग्ने उहाँले […]
विराटनगर २८ कात्तिक । स्वास्थ्य कार्यक्रमहरुको कोशी प्रदेश स्तरिय एकिकृत वार्षिक समीक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भूपेन्द्र राईले दक्ष जनशक्ति विना स्वास्थ्य क्षेत्रको अवस्था सुधार नहुने बताउनुभयो । उहाँले दक्ष जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । मन्त्री राईले गत वर्ष स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार […]
विराटनगर २७ कात्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले आगजनी र तोडफोड गर्दा विराटनगर महानगरपालिकामा मात्रै साढे ९८ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ । महानगरका अनुसार भौतिक संरचना, सवारी साधन र मेसिनरी उपकरण ध्वस्त हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको हो । महानगरपालिकाका प्रमुख […]
विराटनगर २७ कात्तिक । कोशी प्रदेश सरकारले मोरङ कटहरीको तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापना गरि काम शुरु गरिएको छ […]
विराटनगर २६ कात्तिक । नेकपा एमाले मोरङले प्रदेशसभा निर्वाचन क्षेत्र बैठकलाई तीव्रता दिएको छ । आज मोरङ ५ (ख) काे बैठक सम्पन्न भएको छ । मोरङ ५ ख को प्रथम पुर्ण बैठक आज होटल हयात रानीमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ५(ख) संयोजक दिपककुमार कर्णको अध्यक्षता सम्पन्न भएको […]