विराटनगर १६ भदौ । कोशी प्रदेश सरकारले दर्ता गरेको आमसञ्चार विधेयकलाई लिएर प्रदेशसभा भित्र र बाहिर विवाद चर्किए पनि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँगको सहमति र संवादबिना विधेयक अघि नबढ्ने स्पष्ट पार्नु भएको छ । सरकारले जबरजस्ती विधेयक पारित गरेर सञ्चारकर्मीहरूसँग द्वन्द्वमा जाने कुनै मनसाय नरहेको बताउँदै उहाँले सरोकारवालासँग साझा बुझाइ बन्ने गरी […]
विराटनगर, १६ भदौ । ४ वर्ष अघि विराटनगरमा नयाँ घर निर्माणका लागि एक हजार बढीले घर नक्सा दर्ता गरे । पछिल्लो ४ वर्षको अवधिमा सोही वर्ष हो सवैभन्दा बढी घर नक्सा दर्ता भएको । आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३१३ वटा घर निर्माणका लागि घर नक्सा महानगरमा दर्ता भएको थियो । त्यसपछि हरेक वर्ष […]
विराटनगर १५ भदौ । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तक आज विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास,पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक, धार्मिक, स्वास्थ्य, जनसङ्ख्या, सञ्चार गृह, जातजाति, धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त पुस्तक १३५ पृष्टको रहेको […]
विराटनगर १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिनु भएको हो […]
विराटनगर, १५ भदौ । मोरङ जिल्लामा गत आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक महिला सहित आठ जना व्यक्तिको मृत्यू भएको छ । मोरङमा २०८१ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यू भएको कुरा मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विराटनगर कार्यालयले जनाएको […]