विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको […]
विराटनगर १० कात्तिक । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बद्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरुबिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा पुनःलाईन […]
विराटनगर, ९ कात्तिक । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भन्नुभयोे, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे […]
विराटनगर ९ कात्तिक । देशभर सहकारी र लघुवित्तीय संस्थाले रकम अपचलन गरेका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन झन् भन्दा झन् कमजोर भइ रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भएको छ । आज मोरङ बुढीगङ्गा गाउँपालिकामा आयोजित साना किसान कृषि सहकारी संस्था लिमिटेड बुढीगङ्गाको तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन […]
विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो […]