कोशी सरकारमा कांग्रेस एक हप्ता भित्रमा सहभागी हुन्छ : डा शेखर कोइराला

विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]

विराटनगरमा निकालिने राधाकृष्ण रथ यात्राको तयारीबारे छलफल

विराटनगर, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिन गरिएको राधाकृष्ण रथयात्राको तयारीबारे छलफल गरिएको छ । वि.सं. १९८८ देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट भव्य रथयात्रा निकाल्ने चलन रहि आएको छ । यस पटक भदौ ११ गते राधाकृष्ण रथयात्रा निकाल्ने तयारीमा जुटेको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा […]

कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण, सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारको आग्रह

विराटनगर ३० साउन । कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण भएको छ । वैशाख देखि हालसम्म ५८२ जनामा संक्रमणम भएको र झापामा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा मोरङका स्थानीयतहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा डेङ्गु […]

कोशी प्रदेश सरकारको लागतमा धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक कालोपत्रे

विराटनगर ३० साउन । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको […]

मुख्यमन्त्री कार्कीले नागरिक संवाद गर्ने

विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरिको काम गर्न निर्देशन गर्नुभयो । प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरुलाई जनतामार्फ बढिभन्दा बढि पुर्याउनुपर्नेमा जोड […]