एमाले प्रदेशसभा मोरङ ५ (ख) काे बैठक, कात्तिक २९ गते मोटरसाइकल र्याली भव्य निकाल्ने तयारी

विराटनगर २६ कात्तिक । नेकपा एमाले मोरङले प्रदेशसभा निर्वाचन क्षेत्र बैठकलाई तीव्रता दिएको छ । आज मोरङ ५ (ख) काे बैठक सम्पन्न भएको छ । मोरङ ५ ख को प्रथम पुर्ण बैठक आज होटल हयात रानीमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ५(ख) संयोजक दिपककुमार कर्णको अध्यक्षता सम्पन्न भएको […]

मधेश प्रदेशमा दीर्घकालिन प्रभाव पार्ने निर्णय नगर्नु : सर्वोच्च अदालत

विराटनगर २५ कात्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । अर्जुन साह र रकीप्रसाद साह समेतले सोमबार दायर गरेको रिटमा सर्वाेच्च अदालतले […]

जेनजीको सहभागिता हुनेगरि पार्टीको विधान संशोधन गरौं : भीम पराजुली

विराटनगर २५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको विधान संशोधनको माग गर्नु भएको छ । पार्टीमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक उहाँले विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गर्नुपर्ने बताउनुभयो । पार्टीको नियमित महाधिवेश गर्ने कि विशेष महाधिवेशन […]

एमाले विराटनगर महानगरले आज मोटरसाईकल र्याली निकाल्दै

विराटनगर २५ कात्तिक । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । विहान ११ वजे पार्टी कार्यालय पाञ्चालीबाट मोटसाईकल र्याली शुरु हुने महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । जेनजी आन्दोलनका माग संवोधन गर्नका लागि संविधान संशोधनबाट मात्रै संभव हुने भएकाले संसद पुर्नस्थापना गर्नु पर्ने माग राखेर मोटरसाईकल र्यालीको […]

निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

विराटनगर २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नु भएको छ । उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभयो । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र […]