विराटनगर १५ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित हुनु भएको छ । अन्तिम परिणाम अनुसार ६ सय ४७ मत प्राप्त गर्दै कार्की महानगर सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी केशव गिरीले १ सय २६ मत प्राप्त गर्नुभयो । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्की […]
विराटनगर, ११ असोज । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरीले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन समितिका अनुसार कार्कीको उम्मेदवारीमा भोजराज निरौला प्रस्तावक र पंकज घिमिरे समर्थक रहेका छन् । त्यस्तै, गिरीको उम्मेदवारीमा […]
विराटनगर, १० असोज । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं ६ का सभापतिका उम्मेदवार चुमनारायण तवदारले पार्टीलाई सुदृढीकरण गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । विराटनगरमा आज स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा ‘वर्तमान राजनीति र क्षेत्रीय अधिवेशन’ विषयमा पत्रकार भेटघाट कार्यक्रम उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पार्टीलाई चुस्त, दुरुस्त र […]
विराटनगर ८ असोज । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो । एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले […]
विराटनगर ७ असोज । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक […]