विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगरकमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण भएको छ । एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको सपथग्रहण गराईएको थियो । सपथग्रहण कार्यक्रममा महानगरकमिटीका अध्यक्ष बलराज गिरी (नविन) ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । निर्वाचनमा प्रतिष्पर्धा भएपनि महानगर कमिटीले सवैलाई […]
विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको उपाध्यक्षको प्रत्यासी राम पोखरेलले पराजय राजनीतिक यात्राको अन्त्य नभएको बताउनु भएको छ । उहाँले पराजयलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पक्षमा मतदान गर्नेप्रति आभार व्यक्त गर्दै पोखरेलले भन्नुभएकोछ,‘ राजनीतिक यात्रामा हारलाई अन्त्य होइन, नयाँ सुरुवातको अवसर ठान्दछु ।’ महानगर कमिटीको […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) निर्वाचित हुनु भएको छ । पदाधिकारीमा गिरीको प्यानलनै निर्वाचित भएको छ । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । गिरीले १७३ र कोइरालाले १२१ मत प्राप्त गर्नु भयो । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानमा ९८ प्रतिशत मतदान भएकाे छ । ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका छन् । मतदान सम्पन्न भएसँगै मतगणनाकाे तयारी शुरू गरिएको निर्वाचन समितिले जनाएको छ । केहीवेरपछि मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले जानकारी दिनुचयाे । ५ […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । १० स्थानबाट मतदानका लागि प्रवन्ध मिलाईएको छ । ५ पदाधिकारी र १८ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान […]