एमाले दोश्रो विधान महाधिवेशनमा मोरङबाट को–को छन् प्रतिनिधि ?

विराटनगर १७ भदौ । नेकपा एमालेको दोश्रो विधान महाधिवेशन आगामी भदौ २० देखि काठमाण्डौंमा शुरु हुँदैछ । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना प्रतिनिधि सहभागि हुँदैछन् । सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० […]

नेकपा एमाले मोरङका मनोनित जिल्ला सदस्य र लेखा समितिको सपथ ग्रहण

विराटनगर १६ भदौ । नेकपा एमाले मोरङले मनोनित जिल्ला सदस्यहरुको आज सपथ ग्रहण गराएको छ । गत साउन १५ गतेको दोश्रो पूर्ण बैठकले मनोनित गरेका ११ जिल्ला सदस्य र लेखा समितिको सपथ ग्रहण गराईएको हो । जिल्ला सदस्यमा मनोनित भएका इरान राइ, बुद्धीमान लिम्वु, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्वु, गुणावती […]

लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

विराटनगर १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाउनु भएको छ । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, आज दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाउनु भएको छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग […]

विराटनगर ४ मा कांग्रेसको क्रियाशिल सदस्य वितरण

विराटनगर, १४ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगर स्थित कचंनवारी रहेको वडा कार्यालयमा एक कार्यक्रमवीच उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा सभापति राजकुमार तवदारको नेतृत्वमा भएको यस कार्यक्रमले वडाभरीका कांग्रेस नेता तथा कार्यकर्ता उत्साह थपेको छ । कार्यक्रमको प्रमुख […]

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुले संविधानको औचित्य समाप्त हुँदैन : प्रचण्ड

विराटनगर १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानी–लिपुलेक लगायतका सीमा समस्या भारतसँग सम्वादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको जानकारी गराउनु भयो । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत […]