नेकपा एमाले मोरङका मनोनित जिल्ला सदस्य र लेखा समितिको सपथ ग्रहण

विराटनगर १६ भदौ । नेकपा एमाले मोरङले मनोनित जिल्ला सदस्यहरुको आज सपथ ग्रहण गराएको छ । गत साउन १५ गतेको दोश्रो पूर्ण बैठकले मनोनित गरेका ११ जिल्ला सदस्य र लेखा समितिको सपथ ग्रहण गराईएको हो ।

जिल्ला सदस्यमा मनोनित भएका इरान राइ, बुद्धीमान लिम्वु, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्वु, गुणावती धामी, कृष्णकुमारी निरौला,  धर्मेन्द्र राजवंशी , सुमन मिरिङचिङ र लेखा समितिका अध्यक्ष जीवन काफ्ले, सचिव अन्तिमकुमार आचार्य, सदस्यहरु भीमप्रसाद गुरागाँइ, दुर्गा नेपाली र मेघराज श्रीपाली लाई एमाले मोरङ अध्यक्ष अजम्वर राईले सपथ गराउनु भएको थियो ।

सपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिवहरु सन्तोष बान्तवा र उषा झा लगायतको उपस्थिति रहेको थियो । ११ जना मनोनित सहित जिल्ला कमिटी १७६ सदस्यीय भएको छ ।