तेस्रो मिल्स टि– २० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर ९ जेठ । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । […]

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर २७ वैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जेठ ५ गतेसम्म संचालन हुने […]

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान

विराटनगर २२ वैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सूर्याेदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो । मोरङको विराटचोकमा तेश्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा १४ औ राष्ट्रपति […]

वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित

काठमाण्डौं २२ वैशाख । अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजलाई ३–२ ले सुम्पिएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी […]

कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा बस्नेतको पदबहाली

विराटनगर २० वैशाख । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम)ले आज पदबहाली गर्नुभएको छ । उच्च अदालत विराटनगरले लामो समयपछिको मुद्दामा सोमबार बस्नेतको पक्षमा रिट जारी गरेपपछि आज बोर्डको कार्यालयमा पुगी उहाँले पदबहाली गर्नुभएको हो । पदबहाली गर्दै उहाँले ढिलैपनि आफुले न्याय पाएको बताउनुभयो । प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को […]