मोरङ खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि गरिएको हातपात विरुद्ध कर्मचारीहरु आन्दोलित

विराटनगर ८ असार । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ । असार ११ […]

राष्ट्रियस्तरका प्रतियोगिता जित्ने खेलाडीलाई एभरेष्टको सम्मान

विराटनगर १ असार । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ […]

१५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु

विराटनगर २४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, […]

‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम

विराटनगर १९ जेठ । नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ । जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए । सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका […]

एभरेष्टका दुई विद्यार्थीसहित कोशीबाट ६ जना राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनौट

विराटनगर १८ जेठ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट […]