विराटनगर २६ जेठ । कोशी प्रदेश सरकार समक्ष रेडियो कार्यक्रमको निरन्तरताको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र रेडियो सम्बद्ध संस्थाहरुले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई रेडियो कार्यक्रम निरन्तरताको माग गर्दै ध्यानाकर्षण गराईएको हो । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान), कोशीका उपाध्यक्ष अरविन्द […]
विराटनगर २६ जेठ । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा आज देखि ७ दिने तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक […]
विराटनगर २४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, […]
विराटनगर २४ जेठ । ट्रान्सपोर्ट एसोसिएसन मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित हुनुभएको छ । आज भएको १५ औं साधारण सभा तथा आठौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल, महासचिवमा युवराज श्रेष्ठ, सचिवमा विनोद राजबंशी कोषाध्यक्षमा, केशरकुमार कार्की तथा सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई , ज्योति राजवंशी मण्डल , […]
विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो । […]