
विराटनगर २४ जेठ । ट्रान्सपोर्ट एसोसिएसन मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित हुनुभएको छ । आज भएको १५ औं साधारण सभा तथा आठौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल, महासचिवमा युवराज श्रेष्ठ, सचिवमा विनोद राजबंशी कोषाध्यक्षमा, केशरकुमार कार्की तथा सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई , ज्योति राजवंशी मण्डल , ऋषि पोखरेल र हिमांशु जोशी निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले यातायात क्षेत्रको विकृति तथा विसंगति हटाउन कोसी प्रदेश सरकार एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यातायात व्यवस्था कार्यालयमा अहिले पूर्णरुपमा सुधार गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले अझै सुधारका लागि सुझाव दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव प्रसाद नेपाल, पूर्व अध्यक्ष सन्त बहादुर डुम्जन, कोशी ट्रक व्यवसायी महासङ्घका अध्यक्ष विद्यापति उपाध्याय ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष अरुण श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो ।