विराटनगर, ५ असोज। जीवन विकास डेरी प्रोडक्टका उत्पादनमा लापरवाही भएको पाईएको छ । विराटनगर १ मा रहेको डेरी प्रोडक्ट उद्योगको विराटनगर महानगरपालिकाले आज अनुगमन गरेको छ । अनुगमनका क्रममा सामान्य स्वाथ्य सावधानी पनि नपनाई खाध्य सामाग्रीहरु उत्पादन गरिरहेको पाईएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।उद्योगको दुग्ध भण्डारण कक्ष फोहोर रहेको, कामदारले प्लाष्टिकको भाडोमा हातले दूग्ध […]
विराटनगर, ५ असोज । यौनिक तथा लैगिंक अल्पसख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकक्ता पाउनवाट आफुहरु वन्चित भएको गुनासो गरेका छन । विराटनगरमा आज आयोजित कार्यक्रममा उनीहरुले राजनितिकदलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनितिक तहमा सहभागी गराउन आग्रह गरेका छन । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ निर्वाचनमा […]
विराटनगर, ५ असोज । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाकी कार्यबाहक प्रमुख शिल्पा […]
विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका […]
विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी […]