विराटनगर २३ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारीता पुरस्कार पत्रकार विक्रम निरौला र उदीयमान पत्रकारीता परस्कार पत्रकार उषा सरदारलाई दिईने निर्णय गरिएको हो ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका निरौला उद्घोष दैनिकमा र नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्य उषा सरदार मकालु टीभीमा आबद्ध हुनुहुन्छ । सिर्जनशिल पत्रकारिता पुरस्कारको राशी ५१ हजार १५१ र उदीयमान पत्रकारिता पुरस्कारको राशी ३१ हजार १५१ रुपैयाँ रहेको कोषका अध्यक्ष शाहले जानकारी दिनुभयो ।
चैत्र २७ गते विराटनगरमा पुरस्कार वितरण गरिने आयोजकले बताएको छ । पत्रकार कल्याण कोष मोरङले प्रत्येक वर्ष उदीयमान पत्रकारिता पुरस्कार र प्रत्येक २–२ वर्षमा सिर्जनशिल पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको छ ।