विराटनगरमा शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर १४ वैशाख । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । […]

समग्र अर्थतन्त्रलाई चलायमान हुने कोणबाट बजेट निर्माण हुने

विराटनगर १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले समग्र अर्थतन्त्रलाई चलायमान हुने कोणबाट आगामी बजेटबाट निर्णय गरिने बताउनु भएको छ । राजश्व परामर्श समिति , मोरङ व्यापार सङ्घ र उद्योग संगठन मोरङद्वारा आज विराटनगरमा आयोजित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट एवं राजश्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान […]

मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो । “यी सबै अराजकताबाट बाहिर […]

एवीसी नेपाल प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित

विराटनगर ११ वैशाख । कोशी प्रदेशका तीन जिल्लामा भएका महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित भएका छन् । एवीसी नेपालले स्वीस सरकार र नर्वेजियन राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा मोरङ, उदयपुर र ओखलढुङ्गामा सञ्चालित लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत जुलाइ २०२१ देखी डिसेम्वर […]

एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको […]