एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ ।
विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरले विभिन्न संघसंस्थामार्फत हिंसापीडितका लागि काम गरिरहेको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा समेत महिला हिंसापीडितका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिला हिंसा रोकथाम र नियन्त्रणका लागि महानगर सधैं गम्भीर रहेको उल्लेख गर्नुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले महिला हिंसापीडितका लागि भनेर महानगरले छुट्टै बजेट नै छुट्याउने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा महिला हिंसा रोकथाम र नियन्त्रणका उपायका विषयमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । एवीसी नेपालले परियोजना अन्तर्गत ओखलढुंगा, उदयपुर र मोरङका ९ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहको छ ।