विराटनगर महानगरद्वारा १५ वटा सहकारीको दर्ता खारेज

विराटनगर १० वैशाख । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, ५ […]

कोशी नामकरणमा वहुसङ्ख्यक जनताको अपनत्व छ : मन्त्री राजभण्डारी

विराटनगर १० वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी प्रदेश नामकरणमा वहुसङ्ख्यक जनताको अपनत्व रहेको बताउनु भएको छ । सामाजिक विकास मन्त्रालय(दीर्घकालिन पुनःस्थापना गृह)द्वारा आज यहाँ आयोजित लैङ्गिक हिंसा पीडितको संरक्षणका लागि सञ्चालित अल्पकालिन आश्रम स्थलको प्रमुखहरु बीच अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाई मत र दुई तिहाई जनताको […]

पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न सामाजिक विकास मन्त्री राजभण्डारीको आग्रह

विराटनगर ९ वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गर्नुभएको छ । कोशी प्रदेश नामकरणपछि पहिचानबादीले शुरु गरेको आन्दोलनप्रति लक्षित गर्दै मन्त्री राजभण्डारीले सो कुरा बताउनु भएको हो । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज आयोजना गरेको स्रष्टाहरुलाई सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री राजभण्डारीले भन्नुभयो,‘ हाम्रो प्रदेशमा […]

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

विराटनगर, ८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामकरण कसैको विपक्षमा नभएको बताउनु भएको छ । आज नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार एशोसिएसनको भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ नामाकरण एउटा पक्षमा भएको भए […]

उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने छ : मुख्यमन्त्री कार्की

विराटनगर ६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने बताउनु भएको छ । आगामी नीति तथा कार्यक्रममा प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने गरिको कार्यक्रम र बजेट ल्याउने उहाँको भनाई छ । सामाजिक विकास मन्त्रालयले बार्षिक कार्यक्रम अन्र्तगत १४ वटै जिल्लाका उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रमका मुख्यमन्त्री […]