कोशी प्रदेशमा १६ औं गणतन्त्र दिवस भव्य मनाईने

विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ १४, १५ र १६ गते गरि तीन दिन सम्म दिवस मनाईने निर्णय गरेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेताहरु पनि दोषी पाइए कार्वाही गर्न शान्ति समाजको माग

विराटनगर ९ जेठ । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायरामा परेकोले प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नु पर्ने माग गरेको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही […]

प्रदेश सांसदहरुले झुटो विवरण बुझाएर पीएसओ लिनु भएको हैन : कोशी प्रदेश प्रहरी

विराटनगर ८ जेठ । कोशी प्रदेशका सांसदहरुले झुटो विवरण भरेर व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) सुविधा नलिएको प्रहरीले स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा झुटो विवरण भरेर प्रदेश सांसदलाई सुरक्षाकर्मी भन्ने विषयमा प्रकाशित समाचार प्रति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराज कँडेलले […]

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान

विराटनगर ८ जेठ । कोशी प्रदेशसभाको दोश्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आह्वान गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको मुख्यमन्त्रीको सचिवालयले […]

धरानको खानेपानीको समस्याको दीर्घकालिन समाधान गरिने

विराटनगर, ८ जेठ । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो लिम्वुले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान आगामी नीति तथा कार्यक्रममा मार्फत गरिने बताउनु भयो । मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्र्याैदा सम्बन्धी छलफल कार्यक्रममा उहाँले त्यस क्षेत्रको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान बजेटमार्फत गरिने स्पष्ट पार्नु भयो । मन्त्री […]