कोशी प्रदेशसभा बैठक : खानेपानी तथा सरसफाई विधेयकमाथि छलफल शुरु

विराटनगर १५ साउन । कोशी प्रदेश सभाको आज बैठकमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ माथि प्रतिवेदन सहित छलफलको लागि प्रस्ताव पेश गरिएको छ ।

प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) वमोजित छलफलका लागि प्रस्ताव सभामा पेश गर्नु  भयो । प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनमा सदन समक्ष निर्णयार्थ पेश गर्दा सर्वसम्मतले पारित भएको छ ।

छलफलमा भाग लिदै प्रदेश सभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी सरसफाई प्राप्त गर्ने मौलिक अधिकारलाई सम्मान गर्दै प्रदेश सरकारले नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले स्वच्छ खानेपानीको अभावले पहाडी क्षेत्रवाट नागरिकहरुको वसाई सराई हुने कार्यलाई अन्त्य गर्न विधेयक ऐन भएपछि प्रदेश सरकारले सम्बोधन गर्ने विश्वास जनाउनु भयो ।

प्रदेश सभाको अर्को बैठक १६ गते दिनको १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराउनु भयो ।