विराटनगर ४ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई आदिवासी जनजाति आयोगको चौथो बार्षिक प्रतिवेदन वुझाइएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन बुझ्दै सङ्घीयतालाई बलियो आयोगको ठूलो भूमिका रहेको बताउनु भयो । उहाँले हामीले मूलरुपमा मुलुकमा साम्रपदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखि राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने विचार व्यक्त्त गर्नु भयो ।
आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार बार्ता र सम्बादको माध्यमवाट सम्वन्धन गर्न अनुरोध गर्नु भएको छ । यसअघि प्रदेश प्रमुख खापुङ्गलाई थारु आयोग नेपालका सदस्य भोलाराम चौधरीले आयोगको पाँचौ बार्षिक (आर्थिक बर्ष २०७९/८०) प्रतिवेदन हस्तान्तरण गर्नु भएको थियो ।