
विराटनगर १५ साउन । नेपाल निजामती कर्मचारी संगठन मोरङले शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ ।
नेपाल निजामती कर्मचारी संगठन, मोरङका अध्यक्ष शालिग्राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती सदस्य जिवन काफले ,केन्द्रीय सदस्य काशीराज पराजुली, संगठनका पदाधिकारी, सदस्य तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अध्यक्ष कोइरालाले स्मृति दिवसको सन्दर्भमा आफ्नो मन्तव्य राख्दै शहीदहरूको योगदानलाई सम्झनु र उनीहरूको आदर्शबाट प्रेरणा लिनु हाम्रो कर्तव्य भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी वृद्धवृद्धाहरूले संगठनप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो कार्यक्रमले उहाँहरूमा आत्मीयता र सम्मानको अनुभूति गराएको बताउनुभयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले वृक्षारोपणमार्फत हरियाली संरक्षणको सन्देश प्रवाह गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणप्रति जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।