मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाउनु भएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्।

उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गर्नुभयो। राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए । रा

प्रपाका एक जना सांसद बैठकमा अनुपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई उहाँकै दल कांग्रेस (२९), एमाले (३९), माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) ले विश्वासको मत दिएका हुन ।