मोरङ बुढीगंगामा जर्मन प्रविधिको सलाईन उद्योग स्थापना, एक अर्ब लगानी

विराटनगर १६ वैशाख । मोरङको बुढीगंगामा सलाइन उद्योग स्थापना गरिएको छ । बुढीगंगा २ बाइपास रोडमा स्थापित एलेक्सा लाईफसाईन्सेज प्रालिले आगामी साउनदेखि उत्पादित सलाइन बजारमा ल्याउने तयारी गरेको छ । एक सय करोड लगानीमा शुरु गरिएको उद्योगले पहिलो चरणमा सलाईन पानी एक सय एमएल, ५ सय एमएल, एक लिटर र ३ लिटर उत्पादन गर्ने भएको […]

९ महिनामा न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको ८६ उजुरी

विराटनगर १६ वैशाख । न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा उजुरी र गुनासोहरु बढ्दै गएको छ । पछिल्लो ९ महिनामा श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश विराटनगरमा ८६ वटा उजुरी परको छ । जसमा व्यक्तिगत ५९ र सामुहिक २७ वटा रहेका छन् । उजुरी परेका मध्ये ३८ वटा फछ्र्यौट गरिएको श्रम तथा रोजगार कार्यालय […]

लगानी सम्मेलनले लगानी वातावरण निर्माण हुने : मुख्यमन्त्री कार्की

विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले केही दिन पछि नै आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानी हुने वातावरण सिर्जना हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो […]

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम

विराटनगर ७ वैशाख । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर […]

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन कार्यक्रम

विराटनगर ६ वैशाख । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । चैत २९ र ३० गते विराटनगरमा सम्पन्न ३३ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति […]