विराटनगर २२ मंसिर । एभरेष्ट कलर लिमिटेडको विराटनगर शाखा सोमबार उद्घाटन गरिएको छ विराटनगर ४ जामुनगाछीमा संस्थाका प्रवन्ध संचालक सरोज लुईंटेल तथा कारखाना प्रमुख नविन निरौलाको उपस्थितिमा शाखा कार्यालयको उद्घाटन गरिएको हो ।
कम्पनीको प्रमुख बजार क्षेत्र नेपाल अधिराज्य नै रहेको छ । पूर्व क्षेत्रमा पाँचथरको फिदिम, ईलाम, झापाको गौरादह, गौरीगन्ज, दमक, विर्तामोड, वुधबारे, मोरङको विराटनगर, उर्लावारी, टंकीसिनवारी, विराटनगर, सुनसरी दुहवी, इटहरी, धरान, उदयपुर, खोटाङबाट सेवा सञ्चालन भईरहेको छ ।
एभरेष्ट कलर, स्वदेशी युवाहरु संगठित भई विगत १४ वर्षदेखि वहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । एभरेष्ट कलर, सहकारी मोडलमा स्थापित पहिलो कलर उद्योग, जसले सबै वर्गका उपभोक्ताहरु लाई ध्यानमा राखी नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमीयम देखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको कारखाना प्रमुख निरौलाले जानकारी दिनुभयो ।
२०६८ साल देखि प्राइभेट कम्पनीको रुपमा संस्थापना भई एभरेष्टले सेवा सञ्चालन गर्दै आएको छ । २०८१ साल आषाढ १० गते प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०८१ असार १२ गते देखि एभरेष्ट कलर लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कारोबार संचालन गर्दै आइरहेको छ ।
