विराटनगर महानगरले तीन विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई मेगा विद्यालयका रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वटा विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने नीति अघि सारेको छ । विराटनगरका ३ वटा सामुदायिक विद्यालयलाई ५ हजार देखि १० हजार विद्यार्थी अध्ययन गर्न सक्ने गरि मेगा विद्यालयका रुपमा […]

विराटनगरको बजेट ४ अर्ब ४० लाख

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको  छ । विराटनगर महानगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५० करोड ९ लाख १४ हजार बढीको बजेट प्रस्तुत गर्नु भएको हो । नगरसभामा उपप्रमुख कार्कीले आर्थिक […]

मनमोहन प्राविधिक विश्वविद्यालयद्धारा आयुर्बेदिक औषधीहरुको उत्पादन गर्ने तयारी

विराटनगर ९ असार । मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्बेदिक औषधीहरुको उत्पादन गर्ने तयारी गरेको छ । नेपाली जडिबुटीको प्रयोग गरि मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिईएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयमा आज उपकुलपतिसँग पत्रकार कार्यक्रममा उहाँले चालु शैक्षिक शत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले […]

स्वच्छ वातावरणको माग गर्दै इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरद्धारा कारण देखाउ आदेश जारी

विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि […]

मोरङ खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि गरिएको हातपात विरुद्ध कर्मचारीहरु आन्दोलित

विराटनगर ८ असार । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ । असार ११ […]