सबैक्षेत्रमा कानुनको पालना गरेमा संविधानको मर्म लागु हुने : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर ११ माघ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरका आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्तो काम, कर्तव्य,अधिकार र सेवाका सर्त सम्बन्धी ऐन २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८०/८१ […]

भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने : मुख्यमन्त्री कार्की

विराटनगर ११ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ । कोशी टप्पु सुनसरीमा विहिबार भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने […]

रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने

विराटनगर १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु […]

विराटनगरमा सञ्चालित रात्रिकालिन होटल, गीत–गजल तथा रेष्टुरेन्टले न्युनतम मापदण्ड पुरा गरेनन्

विराटनगर १० माघ । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, […]

सीमा सुरक्षा, विपद् र शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर ९ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले […]