विराटनगर १ कात्तिक । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक […]
विराटनगर ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पार्नु भएको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उहाँले बताउनुभयो । ‘केही साथीले राजीनामा माग्नुभाछ । […]
विराटनगर ३१ असोज । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ । सेनाले आज आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताउनु भएको हो । आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको […]
विराटनगर ३० असोज । जेनजीको आन्दोलनको नाममा अपराधिक समुहले सरकारी,नीजि तथा व्यक्तिगत सम्पत्ति तोडफोड,लुटपाट गर्नेलाई अविलम्व कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित जेनजी प्रदर्शन पश्चात गठन भएको भदौ २३ र २४ गतेको घटना जाँचवुझ आयोग–२०८२ का सदस्य विज्ञानराज शर्माको उपस्थितिमा जिल्लामा भएको क्षति सम्वन्धमा सरोकारवालाहरुसँग […]
विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ संशोधन गरि प्रदेशको विशेषता झल्कनेगरिको बनाईने प्रदेशसभा सदस्यहरुले प्रतिबद्धता जनाएका छन् । ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले बताइरहेका समयमा प्रदेशसभा सदस्यहरुले पनि बालबालिकालाई प्राथमिकतामा राखेर योजना बनाईने पनि बताएका छन् । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले उत्तर विधायीकी परिक्षण बारे […]