विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]
विराटनगर, ३१ जेठ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने तयारी थालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन । कानुनअनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नैपर्ने भएकाले सोहीअनुसार आयोगले तयारी अगाडि बढाएको पौडेलले बताए । मंसिर पहिलो साताको मिति तोक्न सरकारलाई […]
विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको छ । विराटनगरमा आज सम्पन्न निर्वाचनबाट एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेदवार अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१-२१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु […]
विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल पीडितहरु आन्दोलित भएका छन् । विमानस्थल विस्तारका नाममा दुई वर्षदेखि जग्गा रोक्का राखिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीयलाई मुआब्जा दिन भनेर सरकारले तीन सय परिवारको एक हजार चार सय कित्ता जग्गा रोक्का राखेको हो । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । न त जग्गा नै फुकुवा भएको छ […]
विराटनगर, २९ जेठ । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आगामी असार ६ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई बर्ष विति सक्दा पनि सरकारले […]