विराटनगर, ३१ जेठ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने तयारी थालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन ।
कानुनअनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नैपर्ने भएकाले सोहीअनुसार आयोगले तयारी अगाडि बढाएको पौडेलले बताए ।
मंसिर पहिलो साताको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ । यद्यपि आगामी चुनावबारे सरकारसँग छलफल नभएको उनले बताए ।