विराटनगर १९ जेठ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा […]
विराटनगर १९ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका आन्तरिक […]
काठमाण्डौं १८ जेठ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, […]
विराटनगर १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका ४ जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै जेठ […]
विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ […]