आज रक्षा बन्धन

विराटनगर २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण […]

सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता, गैर सरकारी विधेयक अस्वीकृत

विराटनगर २२ साउन । कोशी प्रदेश सरकारले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामामा दर्ता गरेको छ । कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने उद्देश्यले विधेयक सरकारले अघि बढाएको हो । भाषा आयोगको सिफारिका आधारमा कोशी प्रदेशमा बहुसंख्यक जनताले बोल्ने मैथिली भाषा र लिम्बु भाषालाई सरकारी कामकाजको […]

‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित

विराटनगर, २२ साउन । जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित भएका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या ६३७ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई/गोरु ६३५ र भैसी/राँगा दुईवटा रहेकाछन् । लामो […]

कानेपोखरीको केन्द्र विवाद टुंगियो, सर्वाेच्चद्वारा रिट खारेज

विराटनगर २१ साउन । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वाेच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम […]

पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

विराटनगर २१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने बताउनुभयो । प्रदेश सरकारले कानुन […]