प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

विराटनगर २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनु भएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा खावी पेश गर्नुभएको हो । सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले दिएको एक साताको समय […]

प्रदेश १ : सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचनविराटनगर २४ पुस । प्रदेश १ को सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । आईतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले […]

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता

विराटनगर २२ पुस । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि […]

११ महिनामा स्वास्थ्य मन्त्रालयले उत्कृष्ट कार्य गर्यो : मन्त्री यादव

विराटनगर २२ पुस । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य मन्त्रालयले ११ महिनामा उपलब्धीमुलक कार्य गरेको बताउनु भएको छ । प्रदेश १ मा स्वास्थ्य मन्त्रालय स्थापना भएको ११ महिनाको अवधिमा उल्लेख्य कार्य गर्न सफल भएको उहाँको भनाई छ । मन्त्रालयहरुको हालै सम्पन्न समीक्षा कार्यक्रममा पनि स्वास्थ्य मन्त्रालय उत्कृष्ट बनेको मन्त्री यादवको भनाई छ […]

एमालेको प्रमुख सचेतकमा भण्डारी

विराटनगर, २१ पुस । नेकपा (एमाले) प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनु भएको छ । प्रमुख सचेतक चयनका लागि एमाले संसदीय दलको बैठक आज बसेको थियो । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गर्नु भएको हो । […]