विराटनगर २२ पुस । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य मन्त्रालयले ११ महिनामा उपलब्धीमुलक कार्य गरेको बताउनु भएको छ । प्रदेश १ मा स्वास्थ्य मन्त्रालय स्थापना भएको ११ महिनाको अवधिमा उल्लेख्य कार्य गर्न सफल भएको उहाँको भनाई छ ।
मन्त्रालयहरुको हालै सम्पन्न समीक्षा कार्यक्रममा पनि स्वास्थ्य मन्त्रालय उत्कृष्ट बनेको मन्त्री यादवको भनाई छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो ११ महिनामा गरेको प्रगती विवरण सार्वजनिक गर्दै मन्त्री यादवले ६ वटा नीति तथा कानुन निर्माण गरिएको, दरवन्दी स्वीकृति तथा जनशक्ति व्यवस्थापनको कार्य गरिएको, तीन वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गरिएको, प्रादेशिक अस्पताल भद्रपुरलाई २ सय शैया पुर्याईएको, ९ वटा जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरिएको, ९ वटा जिल्ला अस्पतालहरुमा शव गृहका लागि फ्रिज खरिद गरिएको, प्रदेश सरकार मातहत रहेका मदन भण्डारी अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र ६ वटा जिल्ला अस्पतालहरुमा शव बहान वितरण गरिएको लगायतका महत्वपूर्ण कार्यहरु गरिएको मन्त्री यादवले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । कोशी अस्पतालमा १५० सिलिण्डर क्षमताका २ वटा अक्सिजन प्लान्ट जोडिएको, कोशी कोभिड अस्पतालमा संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन गरिएको, जिल्ला अस्पतालहरुको भवन मर्मत सम्हार गरिएको, स्थानीय तह अन्र्तगत रहेका १४६ स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालहरुको मर्मत सम्हार गरिएको मन्त्री यादवले बताउनुभयो । आयुर्वेद, कोभिड १९ विरुद्धको खोप, डेङ्गु नियन्त्रण लगायतका दर्जनौं कार्यक्रमहरु गरिएको बताउनुभएको छ ।
राजेन्द्र राई नेतृत्वको सरकारले गत वर्ष साविक ६ वटा मन्त्रालयलाई विभाजन गरि १३ वटा पुर्याएको थियो । मन्त्री यादवले माघ २६ गतेदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हान्नु भएको थियो । यसअघि उहाँ सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।