प्रदेश १ : सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन
विराटनगर २४ पुस । प्रदेश १ को सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ ।
आईतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बस्ने प्रदेशसभा बैठकले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ । उपसभामुखको निर्वाचन तालिका पुस २८ गते सार्वजनिक हुने भण्डारीले बताए ।
सर्वदलीय बैठकले प्रदेशसभाको सोमबारको बैठक मंगलबारलाई सार्ने र सभामुखको अनुपस्थितमा बैठक सञ्चालनका लागि सवैदलबाट एकरएक जना सदस्य रहने निर्णय भएको प्रमुख सचेतक भण्डारीले बताए ।