प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ( पूर्णपाठ सहित )

विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो । चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन […]

बजेट अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउने कांग्रेसको निर्णय

विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]

मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी

विराटनगर, ३१ जेठ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने तयारी थालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन । कानुनअनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नैपर्ने भएकाले सोहीअनुसार आयोगले तयारी अगाडि बढाएको पौडेलले बताए । मंसिर पहिलो साताको मिति तोक्न सरकारलाई […]

जिसस मोरङको ९ वटै पदमा एमालेका उम्मेदवार विजयी

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको छ । विराटनगरमा आज सम्पन्न निर्वाचनबाट एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेदवार अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१-२१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु […]

विराटनगरमा विमानस्थल पीडितहरु आन्दोलित

विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल पीडितहरु आन्दोलित भएका छन् । विमानस्थल विस्तारका नाममा दुई वर्षदेखि जग्गा रोक्का राखिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीयलाई मुआब्जा दिन भनेर सरकारले तीन सय परिवारको एक हजार चार सय कित्ता जग्गा रोक्का राखेको हो । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । न त जग्गा नै फुकुवा भएको छ […]