प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन विराटनगर बारको आग्रह

विराटनगर, १६ वैशाख । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ । सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ । उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वारा आज जारी गरिएको विज्ञप्तिमा सर्वाेच्चको नेतृत्वविहीनताले समग्र न्यायालय प्रभावित बनिरहेको, न्यायका उपभोक्ताले […]

दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री कार्की

विराटनगर, १६ वैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालले २०१५ मै दिगो विकास लक्ष्य, […]

विराटनगरमा शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर १४ वैशाख । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । […]

समग्र अर्थतन्त्रलाई चलायमान हुने कोणबाट बजेट निर्माण हुने

विराटनगर १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले समग्र अर्थतन्त्रलाई चलायमान हुने कोणबाट आगामी बजेटबाट निर्णय गरिने बताउनु भएको छ । राजश्व परामर्श समिति , मोरङ व्यापार सङ्घ र उद्योग संगठन मोरङद्वारा आज विराटनगरमा आयोजित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट एवं राजश्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान […]

ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ :गृहमन्त्री श्रेष्ठ

काठमाण्डौं १३ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनुभयो । उहाँले सो घटना हुनु दुखद् भएको भन्दै […]