एक वर्षमा सरकारले गरेका काम पर्याप्त भएन : प्रधानमन्त्री दाहाल

विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाहालले विगत १ वर्षमा सरकारले गरेका काम पर्याप्त नभएको बताउनु भएको छ । एक वर्षको निरन्तरतालाई भंग गरेर अर्काे वर्ष नयाँ ढंगले काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

विराटनगरमा आज ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उहाँले कार्यशैली नै परिवर्तन गरेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मन्त्री फेरेर भएपनि जनताको सेवाका कामलाई गति दिने प्रतिबद्धता व्यक्त गर्छु । अब नयाँ प्रक्रियाबाट विकास निर्माणलाई अगाडि बढाउने र जनताका सेवाका काम गरिने छ ।’ आफूले प्रतिबद्धता व्यक्त गरेर सहमति जनाएका काम कतिपय मन्त्रालयले पूरा नगरेको उहाँले बताउनुभयो ।

सहमति पूरा नगर्ने मन्त्रालयका मन्त्री फेरेर कामलाई अगाडि बढाउने उहाँको भनाइ छ । ‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पुस १० गते १ वर्ष पूरा हुन्छ । त्यो दिन राष्ट्र र जनताका नाममा ठूलो सम्बोधन गर्दैछु,’ उहाँले भन्नुभयोे, ‘अर्काे वर्ष अर्थात पुस ११ गतेबाट जनताका सेवाका कामहरु नयाँ ढंगले अगाडि बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्छु । पूरा नभएका कामलाई मन्त्री फेरेर भएपनि गति दिइने छ ।’

प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने कुरामा आफूले धेरै भूमिका खेलेको दाबीसमेत गर्नुभचएको छ । अहिलेको स्थिति प्रगतिउन्मुख रहेको बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउन सरकार लागि परेको उहाँले उल्लेख गर्नुभयोे ।

विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखेर गति दिनेलगायतका काममा सरकार लाग्ने उहाँको प्रतिबद्धता छ ।