सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

विराटनगर, ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनु भएको छ । उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो । […]

कोशी प्रदेशसभा सदस्य चौधरीद्धारा इन्डक्सन चुलो फिर्ता

विराटनगर ३१ साउन । कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले विद्युतीय (इन्डक्सन) चुलो फिर्ता गरेका छन् ।  प्रदेशसभा सचिवालयमा आज विहान उनले इन्डक्सन चुलो फिर्ता गरेका हुन । प्रदेशसभाका कर्मचारीले प्रष्टसँग नबुझाई सामान दिएको चौधरीले बताए । प्रदेश सरकार जुन प्रयोजनका लागि बजेट विनियोजन गरेको सोही प्रयोजनमा खर्च गर्नु पर्ने उनले बताए । मन्त्रालय र कार्यालयका […]

कोशी अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने संघर्ष समितिको माग

विराटनगर ३१ साउन । कोशी अस्पताल विराटनगरको जग्गा अनाधिकृत रुपमा ओगटेर बनाइएका संरचना तत्काल अस्पतालको स्वामित्वमा ल्याउन माग गरिएको छ । कोशी अस्पताल संरक्षण संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत ज्ञापन पत्र बुझाउँदै तत्काल जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग गरेको हो । कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि […]

विराटनगर मुख्य बजार क्षेत्रभित्र निर्माण तथा ढुवानीका साधनलाई दिउँसो प्रवेशमा रोक

विराटनगर ३१ साउन । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय […]

सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्यो : एमाले अध्यक्ष ओली

विराटनगर २७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गर्नुभएको छ । गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताउनुभयो । अध्यक्ष […]