विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले धरानमा डेङ्गुबाट सङक्रमित नागरिकको उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ । मुख्यमन्त्री थापाले सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका नेताहरुले डेङ्गु नियन्त्रण र रोकथामका लागि आज विराटनगर वुझाएको ध्यानकर्षण बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधि लगायतका अन्य सामाग्री त्यस क्षेत्रमा पठाउने […]
विराटनगर १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिनु भएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ […]
विराटनगर ३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभाको खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा नेतृत्वमा बनेको ४ सदस्यीय स्थलगत अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो । खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको ०८० […]
विराटनगर, ३२ साउन । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीहरुले ७ स्वर्ण, ६ रजत […]
विराटनगर, ३१ साउन । कोसी प्रदेश सरकारले भदौं १ गते बस्ने प्रदेश सभा बैठकमा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेश गर्ने भएको हो । बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिचाई तथा उर्जामन्त्री प्रदीप सुनुवारले […]