कोशीका मुख्यमन्त्री थापालाई पदमुक्त गराउन माग गर्दै एमालेद्धारा सर्वाेच्चमा रिट दर्ता

विराटनगर ६ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, भदौ ४ का सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर […]

लागूऔषध प्रयोग गर्न छाडेकालाई स्वरोजगार बनाउनुपर्नेमा उपप्रमुख कार्कीको जोड

विराटनगर ६ भदौ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिकभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपप्रमुख कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । […]

कोशी सरकारले पाएको विश्वासको मतविरुद्ध एमालेले भोलि सर्वोच्चमा रिट दिने

विराटनगर ५ भदौ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको बताउनु भएको छ । उहाँले संविधान मिचेर गरिएको कार्य विरुद्ध सर्वाेच्च अदालत जाने बताउनुभयो । प्रदेश चौतारी कोशी प्रदेशको प्रथम साधारणसभा कार्यक्रममा नेता कार्कीले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले […]

बैठकको अध्यक्षता गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत : कांग्रेस नेता कोइराला

विराटनगर ५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत भएको बताउनु भएको छ । सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने इस्राइल मन्सुरीले मतदान गर्नु गलत भएको उहाँले बताउनु भयो । बैठकको अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएको […]

सरकारको प्राथमिकता पर्यटन,जलविद्युत र निजी क्षेत्र : मुख्यमन्त्री थापा

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पर्यटन, निजी क्षेत्र र जलविद्युतलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स( नाट्टा) कोशी प्रदेशको ११ औ वार्षिक साधारण सभा तथा सातौ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजार भन्दा वढी मेघावाट विद्युत उत्पादन हुने […]