विराटनगर २२ कात्तिक । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो […]
विराटनगर २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस […]
विराटनगर २१ कात्तिक । सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृति अन्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा आज भएको फाइनलमा लुम्बिनी प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । अघिल्लो संस्करण पनि लुम्बिनीलाई नै हराएर सुदूरपश्चिमले उपाधि जितेको थियो । स्कोर बोर्डमा १ सय २७ रन मात्र […]
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले आफ्ना पदबाट आज राजिनामा दिनुभएको छ । केही दिन पहिले प्रदेश सरकारको स्वीकृति बेगर देश बाहिर जानु भएको मन्त्री अधिकारीको विषयमा नकारात्मक आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । उहाँ २०८१ साल जेठ ४ गते […]
विराटनगर, २० कात्तिक । सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले मङ्गलवार विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो विषयक अन्तरक्रियाका वक्ताहरूले सङ्क्रमणकालीन न्यायका लागि नागरिक खबरदारी आवश्यक रहेकोमा जोड दिएका हुन् । अन्तरक्रियाका कार्यक्रममा सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सबै पक्षको सकारात्मक सहयोग […]