त्रिशूली नदीमा दुईवटा बस खस्दा ५ दर्जन बढी यात्रु बेपत्ता

विराटनगर २८ असार । नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत त्रिशूली नदीमा दुईवटा बस खसेको आशंका गरिएको छ । बसमा चालकसहित करिब ६५ यात्रु सवार रहेको अनुमान छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको […]

प्रधानमन्त्री दाहालले आज पाँचौं पटक विश्वासको मत लिदै

विराटनगर २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैहुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता […]

लैंगिक उत्तरदायी बजेट निर्माणमा जोड

विराटनगर २७ असार । प्रदेश सरकारले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को आयोजनामा लैंगिक रुपान्तरणकारी दृष्टिकोण तथा लैंगिक उत्तरदायी बजेट सम्वन्धी कार्यशाला गोष्ठिका सहभागीहरुले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश […]

कोशीको बजेटलाई चाँडै लयमा ल्याउने छौं : मुख्यमन्त्री कार्की

विराटनगर २७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई लयमा ल्याउने प्रयास भईरहेको बताउनुभएको छ । २०७८ सालदेखि प्रदेश सरकारको बजेट विग्रीएको उहाँले बताउनुभयो । प्रदेश सरकारको बजेटलाई सन्तुलनमा ल्याउने काम भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २ वर्ष अघि बजेट निर्माण गर्दा जानेर÷नजानेर गल्ती भयो । अहिले सुन्तुलनमा ल्याउने काम भईरहेको छ ।’ […]

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

विराटनगर २६ असार । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च […]