विराटनगर ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा आउनु संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाँले हाम्रा पूर्व उराष्ट्रपतिले पार्टीको सिपाहीको काम गर्ने इच्छा अनुसार उहाँले केही कुराले पनि नरोक्ने प्रष्ट पार्नु भयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नु भयो,‘ […]
विराटनगर ६ वैशाख । नेपाल अर्काे वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल भएको छ । प्रतिकूल मौसमका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल वर्षाका रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । अर्काे वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो […]
विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगरकमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण भएको छ । एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको सपथग्रहण गराईएको थियो । सपथग्रहण कार्यक्रममा महानगरकमिटीका अध्यक्ष बलराज गिरी (नविन) ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । निर्वाचनमा प्रतिष्पर्धा भएपनि महानगर कमिटीले सवैलाई […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) निर्वाचित हुनु भएको छ । पदाधिकारीमा गिरीको प्यानलनै निर्वाचित भएको छ । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । गिरीले १७३ र कोइरालाले १२१ मत प्राप्त गर्नु भयो । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानमा ९८ प्रतिशत मतदान भएकाे छ । ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका छन् । मतदान सम्पन्न भएसँगै मतगणनाकाे तयारी शुरू गरिएको निर्वाचन समितिले जनाएको छ । केहीवेरपछि मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले जानकारी दिनुचयाे । ५ […]