विराटनगर १ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तराई हिमाल, पहाड र […]
विराटनगर २८ पुस । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबलको आठौं संस्करण नोक्सानीमा गएको छ । गतवर्ष चैत्र १५ गतेबाट २२ गतेसम्म सम्पन्न गोल्डकपले २२ लाख ६२ हजार रुपैया घाटा भएको हो । ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको […]
विराटनगर २८ पुस । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छठौँ एवं हिँउदे अधिवेशन आह्वान गर्नु भएको छ । खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको […]
विराटनगर २७ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान गठबन्धनले संविधान संशोधनलाई प्रभावकारी बनाउन तर्फ लाग्ने बताउनु भएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ कोशी प्रदेशको दुई दिने प्रथम अधिवेशनको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले नेकां र एमाले वीच भएको सात बुँदे सम्झौतामा संविधान संशोधनलाई कामयावी बनाउने उल्लेख भएकोले नआत्तिन आग्रह समेत गर्नु भयो […]
विराटनगर २६ पुस। कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउनु भएकाे छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले मुख्यमन्त्रीलाई बुझाएको घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको […]