आज १९ औं लोकतन्त्र दिवस मनाइँदै

विराटनगर ११ वैशाख । आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै […]

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

विराटनगर १० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त हुनु भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुनुहुन्छ […]

लोकतन्त्रको सबलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण

विराटनगर १० वैशाख । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजनामा र गैरसरकारी संस्था महासंघको समन्वयमा बुधवार बिराटनगरमा सम्पादकसगं सम्वाद कार्यक्रम सम्पन्न भएको छ । महासघं कोशी प्रदेशले १९ औ लोकतान्त्रिक दिवसको अवसरमा सम्पादकहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गैरसरकारी सस्था महासघ […]

एचपीभी खोप प्रभावकारी सञ्चालनका लागि अभिभावक सचेतनामा जोड

विराटनगर ९ वैशाख । ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । देशव्यापी रुपमा हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी हुन नसक्ने बताईएको छ । एचपीभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने भएको हुँदा […]

मनमोहन मेमोरियल क्रिकेट प्रतियोगिता बैशाख १३ देखि हुने

विराटनगर ९ वैशाख । तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरमा हुने भएको छ । .एम. कप फाउण्डेशन इनरूवा, सुनसरीको आयोजनामा ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुने आज विराटनगरमा पत्रकार सम्मेलनगरि जानकारी दिईएको छ । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम […]