
विराटनगर ९ वैशाख । तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरमा हुने भएको छ ।
.एम. कप फाउण्डेशन इनरूवा, सुनसरीको आयोजनामा ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुने आज विराटनगरमा पत्रकार सम्मेलनगरि जानकारी दिईएको छ ।
प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।
एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, बेष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गर्ने पत्रकार सम्मेलनमा अध्यक्ष घोषले जानकारी दिनुभयो ।