
विराटनगर ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राेकिएका याेजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनु भएकाे छ ।
आज झापाको गाैरादहमा नगर अस्पतालकाे शिलान्यास गर्दै उहाँले राेकिएका सडक याेजना तथा पूवाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयाे । उहाँले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे`अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो । हामीले बिगारेको अर्थतन्त्र सहि दिसामा ल्याएका छाै, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन।´
प्रधानमन्त्री ओलीले एक दुई वर्ष पुराना नै याेजना सम्पन्न गरिने बताउनुभयाे । प्रधानमन्त्री ओली कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेकाे बताएका थिए । उनलेे सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टाटअप कर्जाका लागि आवेदन दिन सकिने बताउनुभयाे ।
झापा ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीले गाैरादहकाे अस्पताल सुविधा सम्पन्न हुने बताउनुभयाे । उहाँले बिस्तारै डाउलसिस, आँखा उपचार सहितका उपचार शुरु गरिने बताउनुभयाे ।
गाैरादह नगर अस्पताल १५ शैयाकाे २०८३ माघमा सम्पन्न गर्ने गरि १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयाे ।
साेहि अवसरमा अस्पताल निर्माणमा जग्गादान गर्ने परिवारलाई सम्मान समेत गरिएको थियो ।